April 25, 2025

वैदेशिक रोजगारीको लागि झुक्याई ठगी गर्ने महिला पक्राउ

December 5, 2023
- ADVERTISEMENT -

काठमाडौं / वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् ।
पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको जनाइएको छ ।

- ADVERTISEMENT -