२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

‘शैक्षिक गुणस्तर वृद्धिका लागि पिबिएल मेला आवश्यक छ’

प्रकाशित मिति : २०८० मंसिर २७ गते

चितवन / भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला मंगलबार स्कुल प्राङगढमा सम्पन्न भएको हो ।
चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले यस किसिमका कार्यक्रम सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिको गर्न आवश्यक रहेको औंल्याउनुभयो । यस्तै ग्रीनल्याण्डले हरेक मंगलबार गर्दै आएको बुक फ्री डेलाई शुक्रबार सार्न समेत आग्रह गर्नुभयो ।
उहाँले सबै विद्यालय बुक फ्री डे बारे महानगरले पनि योजना बनाएको जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा अतिथिहरुले पनि पिबिएल मेला शिक्षामा नविनतम प्रयास भएको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा यस किसिमको मेलाको सुरुवात गर्ने गोल्डेन गेट कलेजका फाउण्डर तथा प्राचार्य सिंगा लामा पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले शिक्षामा यस्ता कार्यक्रमले क्रान्ति ल्याउन मद्त मिल्ने बताउनुभयो ।
मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ ९परियोजनामा आधारित सिकाई० का क्रममा तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरेका थिए । ८४ वटा चुनिएका प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले बताउनुभयो ।
मेलामा विद्यार्थीहरुले तयार परेका चिया, बिभिन्न परिकारका खाजा, बाटेको धुप बिक्री वितरण गरेका थिए । यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत, रेन डिटेक्टरलगायत पनि प्रस्तुत गरेका थिए ।
गत जेष्ठयता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाई अन्तर्गत विद्यार्थीहरुले बिभिन्न सिप सिकेका छन् । शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक मंगलबार बुक फ्री डे हुँदै आएको छ ।
स्कुलले अमेरिकन मनोवैज्ञानीक होवार्ड गार्नकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा जोड दिदै आएको प्राचार्य पन्तको भनाइ छ । स्कुलले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उहाँले बताउनुभयो ।
यसले सिकाईलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीहरुलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो कार्यक्रम शिक्षामा क्रान्तिको रुपमा लिईएको समेत उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20