April 22, 2025

पाँच लाख घुससहित सिमराका वडाध्यक्ष कार्की पक्राउ

December 20, 2023
File Photo.
- ADVERTISEMENT -

हेटौंडा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा सिमराका वडाध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की रहेको अख्तियारले जनाएको छ ।
आयोगको टोलीले वडा अध्यक्ष कार्कीलाई नगद ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।
जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको छ ।
वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।

- ADVERTISEMENT -