काठमाडौं । काठमाडौंको बौद्ध नयाँ बस्तीमा आत्मदाहको प्रयास गरेकी युवतीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
आज (सोमबार) राति २ बजेर ५० मिनेटमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनलाई उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार आत्मदाहको प्रयास गरेकी युवती काभ्रेपलान्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्ने २७ वर्षीय सालु गुरुङ रहेकी छन् ।
गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।
- ADVERTISEMENT -



















































