२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

पञ्चरत्न गुम्बामा झ्याङ छ्यूप छ्यौर्तेन स्तुपाको प्राण प्रतिष्ठा

प्रकाशित मिति : २०८० पुष २५ गते
Photo : Lularaj Tamang / Newsprabah

– बबिलाल तामाङ
धर्मगुरु खेन्पो छिरिङसहित २७ लामाद्वारा पूजापाठ
भरतपुर । पश्चिम चितवनको भरतपुर–२१, रतनपुरस्थित श्री पञ्चरत्न बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको झ्याङ छ्यूप छ्यौर्तेन स्तुपामा प्राणप्रतिष्ठा (रह्प्ने) गरिएको छ । यही पुस १८ देखि २१ गतेसम्म सञ्चालित धर्मगुरू लामा खेन्पो उर्गेन छिरिङसहित २७ जना लामा गुरूहरूद्वारा गरिएको विश्व शान्ति पूजा (महायज्ञ)पछि उक्त स्तुपामा रह्प्ने गरिएको हो ।
महायज्ञ अवधिभर विश्व शान्ति पूजा गर्नुका साथै घेतोङ्वा पाठ, धोमाङ पाठ बौद्ध धर्म विधि अनुसार सम्पन्न गरिएको गुम्बाका अध्यक्ष मीनाकुमारी तामाङले जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले तामाङ समुदायको हरेक गतिविधिमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । महायज्ञको पूजाबाट समाजमा सकारात्मक सन्देश फैलिने उनको भनाइ थियो ।
कार्यक्रममा गुम्बाका सचिव मेकना तामाङले सबै तामाङ समुदायले बुद्ध धर्मको पञ्चशील अष्टशीलबारे स्पष्ट अर्थ बुझेर अवलम्बन गर्न आग्रह गरे । महायज्ञ पूजामा विभिन्न जातजातिका समुदायले चासो दिएर सहभागिता जनाएका थिए । सोही अवसरमा धर्मगुरू लामा खेन्पो उर्गेन छिरिङले झ्याङ छ्यूप छ्यौर्तेनको विषयमा प्रकाश पारेका थिए ।
शाम्भालिङ्ग बौद्ध गुम्बाका अध्यक्ष कृष्ण लामाले बुद्ध धर्म कुनै जात विशेषको धर्म नभई जीवन जिउने कला सिकाउने दर्शन भएको बताए ।
उनले बुद्ध धर्मको बारेमा प्रकाश पार्दै सबै नेपालीले पालन गर्नुपर्ने जिकिर गरेका थिए ।
स्तुपा निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने स्थानीय १८० सहित २०० जना चन्दादातालाई सम्मान पत्रबाट सम्मानसमेत गरिएको थियो । स्तुपा निर्माणका खर्च विवरण निर्माण समितिका अध्यक्ष डीलबहादुर लामाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सीतापुर बौद्ध गुम्बाका अध्यक्ष लालप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका गैरसरकारी संस्था शाखा प्रमुख पञ्चमाया तामाङ, भरतपुर २१ की वडा सदस्य सुविता तामाङ, कल्पवृक्ष टोल विकास संस्थाका अध्यक्ष प्रेमनिधि ढकाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
पञ्चरत्न बौद्ध गुम्बा आमा समूहकी अध्यक्ष शोभा तामाङ, धावालिङ बौद्ध गुम्बाका अध्यक्ष बखान डुम्जन, कर्गेन उर्गेन छ्योलिङ्ग बौद्ध गुम्बाका अध्यक्ष विमल तामाङ, सन्दुपरी बौद्ध गुम्बाका अध्यक्ष राजु तामाङ, दुग्धेश्वर शिवपार्वती मन्दिरका अध्यक्ष भोजराज नेपाल, पञ्चरत्न बौद्ध गुम्बाका लामा गुरु नरजंग तामाङ, भरतपुर २१ का वडा सदस्य विवेक श्रेष्ठलगायतको उपस्थिति थियो ।
गुम्बाका उपाध्यक्ष कृष्णमान लामाले स्वागत मन्तव्य दिएको कार्यक्रम पञ्चरत्न बौद्ध गुम्बाका अध्यक्ष मिनादेवी तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सहसचिव लुलाराज तामाङले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20