२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

आश्रमका बालिकाहरुलाई खाना तथा स्टेशनरी प्रदान

प्रकाशित मिति : २०८० पुष २९ गते

चितवन / उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को वार्षिक कार्यक्रमहरु मध्ये २०८० कार्तिक २४ गते सम्पन्न “उज्यालो तिहार–२०८०” कार्यक्रमबाट वचत हुन आउने रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य अनुरुप श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम) मा आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले उज्यालो टाईम्सले सामाजिक उत्तरदायित्व वहन गर्दै समय–समयमा विभिन्न कार्यक्रमहरुबाट समाजलाई सूसुजित गर्दै आईरहेको र आफ्नो उद्देश्य अनुसार आश्रममा आश्रित बालिकाहरुलाई केही सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि उद्योग वाणिज्य संघ चितवनकी वाणिज्यतर्फको कार्यसमिति सदस्य सुनिता लिगल कर्माचार्यले आश्रममा रहेका बालिकाहरुमा अनुशासनसँगै उनीहरुमा देखिएको संस्कारका कारण आश्रम त्यतिबेला सबैको केन्द्रविन्दु बनेको बताइन् । उनले आफूलाई जीवनकै एक महत्वपूर्ण कार्यक्रममा सहभागी गराएर केही बुझ्ने मौका प्रदान गरेकोमा उज्यालो टाईम्सलाई धन्यवाद समेत दिए ।
उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आश्रमका महासचिव रामेश्वर खनालले आश्रमको विगत र वर्तमान अवस्थाको बारेमा चित्रण गर्नुभएको थियो ।
कार्यक्रममा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)की अध्यक्ष साबित्री टण्डन, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवाली, युवा उद्यमीहरु मोहन दनै, शंकर ज्ञवाली, लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष दिपिका श्रेष्ठ खड्की, उज्यालो टाईम्सका निर्देशकहरु हरिबहादुर भुजेल, कपिल सागर कर्माचार्य, महिला उद्यमीहरु राधा शर्मा, जया पौडेल पराजुली, सञ्जु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
उज्यालो टाईम्सका निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37