चितवन / भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल शिघ्र सञ्चालनमा ल्याउने तयारी भएको छ । सो पुलको निर्माण थालिएको १० वर्षपछि सञ्चालनमा ल्याउने तयारी भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।
भरतपुर–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो ।
पौडेलका अनुसार निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा समय लागेको उहाँले बताउनुभयो । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।
पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।” ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो ।
दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । दुईपटकसम्म पुल भत्किएपछि काममा थप ढिलाइ भएको हो । पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको स्वीकार्नुभयो ।
डिभिजन सडक कार्यालयका तत्कालीन डिभिजनल प्रमुख हरिकुमार पोख्रेल हुँदा निर्माण सम्झौता गरिएको यो पुल आठौँ प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित हुने भएका छन् ।
- ADVERTISEMENT -

ठिमुरा–देवघाट जोड्ने पुल शिघ्र सञ्चालनमा ल्याइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96










