चितवन / चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् ।
गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए । त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ ।
यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले सो गैँडा तस्करले मारेको आशङ्का गरिएको बताउनुभयो । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उहाँले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको छ ।
निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् ।
- ADVERTISEMENT -

चितवनमा छ महिनामा नौ गैँडा मरे

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
174.56
175.26

UK Pound Sterling
1
200.57
201.38

Swiss Franc
1
189.79
190.56

Australian Dollar
1
106.37
106.80

Canadian Dollar
1
108.37
108.80

Singapore Dollar
1
116.83
117.30

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
21.77
21.85

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.65
4.66

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.11
10.16

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
18.95
19.02

Kuwaity Dinar
1
484.38
486.34

Bahrain Dinar
1
393.61
395.20

Omani Rial
1
385.93
387.49












