चितवन । राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामाले राप्तीमा हुन लागेको तामाङ महोत्सव सञ्चालन पूर्व नै सफल भएको घोषणा गरेका छन् । तामाङ पत्रकार संघ चितवनको टोलीसँग मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर लामाले महोत्सव सफल भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा च्योमदेन गुम्बाका सल्लाहकार समेत रहेका उपमेयर लामाले महोत्सवको आर्थिक पक्ष बलियो भएको बताए । वैदेशिक रोजगारमा रहेका व्यक्तित्वहरुबाट १२ लाख बढी आर्थिक सहयोग जुटेको र राप्तीका हरेक घरधुरीले स्वतःस्फूर्तमा सहयोग गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

















































