चितवन / नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ दुई दिने कार्यक्रम आज (माघ २६ र २७ गते तदनुसार शुक्रबार र शनिबार) देखि हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ नारायणी नदी किनारमा प्रदर्शन हुन लागेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने प्रदर्शनी गर्न लागेको बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।प्रदर्शनीको विहान १० बजे कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी विहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।
‘धेरै भन्दा धेरै मानिस सहभागि हुने गरी प्रदर्शनीको तयारी गरेका छौं, प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिका पनि सिक्न पाइने छ’– कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराइले भने ।प्रदर्शनीको सह–आयोजकमा उद्योग वाणिज्य संघ, चितवन, होटल व्यवसायी संघ चितवन, चियासंग सम्बन्धित विभिन्न संघसंस्थाहरु रहेका छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ । पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनीमा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।
नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स, टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्य रुपमा सहभागिता रहने छ ।
आज नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी हुँदै
February 9, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
