२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

आज नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी हुँदै

प्रकाशित मिति : २०८० माघ २६ गते

चितवन / नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ दुई दिने कार्यक्रम आज (माघ २६ र २७ गते तदनुसार शुक्रबार र शनिबार) देखि हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ नारायणी नदी किनारमा प्रदर्शन हुन लागेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने प्रदर्शनी गर्न लागेको बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।प्रदर्शनीको विहान १० बजे कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी विहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।
‘धेरै भन्दा धेरै मानिस सहभागि हुने गरी प्रदर्शनीको तयारी गरेका छौं, प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिका पनि सिक्न पाइने छ’– कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराइले भने ।प्रदर्शनीको सह–आयोजकमा उद्योग वाणिज्य संघ, चितवन, होटल व्यवसायी संघ चितवन, चियासंग सम्बन्धित विभिन्न संघसंस्थाहरु रहेका छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ । पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनीमा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।
नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स, टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्य रुपमा सहभागिता रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51