April 26, 2025

चितवनको मानव अधिकार संगठनको नेतृत्व हरि अधिकारी

February 9, 2024
- ADVERTISEMENT -

चितवन / मानव अधिकार संगठन चितवनको नेतृत्वमा हरि अधिकारी चयन भएका छन् । भरतपुर बिहीबार सम्पन्न अधिवेशनले हरि अधिकारी सभापति रहने गरी नौ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
संगठनको अधिवेशनबाट उपसभापतिमा दिपक लामिछाने, सचिवमा दिपकबाबु श्रेष्ठ, कोषाध्यक्षमा नारायणप्रसाद रेग्मी निर्वाचित भएका हुन् । त्यस्तैगरी सदस्यहरुमा घनश्याम पौडेल, जनकराम पौडेल, भविन्द्र कन्दङ्वा, बबिलाल तामाङलाई चयन गरिएको छ ।
अधिवेशनले सहसचिवको पदपूर्ति नयाँ कार्यसमितिको बैठकले चयन गर्ने नवनिर्वाचित सभापति हरि अधिकारीले जानकारी दिए ।
यस्तैगरी कार्यसमितिको पहिलो बैठकले बालकृष्ण पौडेललाई जिल्लाको संरक्षकको रुपमा छानेको छ भने संगठनको पाल्पामा हुन गइरहेको १५औं राष्ट्रिय सम्मेलनमा सभापति अधिकारी सहित तीनजनालाई प्रतिनिधित्वको लागि सहभागी गराउने निर्णय गरिएको छ ।

- ADVERTISEMENT -