चितवन / दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनहरुको यान्त्रिक परीक्षण तथा स्वास्थ्य शिविर सोमबारबाट सुरू भएको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनु पूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरिक्षक खड्कबहादुर खत्री र चितवन चेम्बर अफ कर्मशका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रुपमा सवारी दुर्घटना न्यूनीकरण गर्ने स्टिकर टाँस गरि कार्यक्रमको उद्धघाटन गरेका थिए ।
ट्राफिक साताव्यापी अभियानको रुपमा गरिने परीक्षण तथा स्वास्थ्य शिविरलाई पुरानो मेडिकल कलेज र चितवन अटो मेकानिकल व्यवसायी संघले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन ट्राफिक प्रमुख सुरेश सुवेदीका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा चितवन चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा पूर्व पश्चिम राजमार्गमा गुड्ने सबैखाले सवारीसाधनको भरतपुर केनिद्रय बसपार्कमा यान्त्रिक परीक्षण थालिएको हो ।
यान्त्रिक परीक्षणअन्तर्गत आज मात्रै आधा दर्जन बढी सवारीहरुमा भने खराबी भेट्टिएको र पूर्ण रूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सयौँ सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा दुर्घटना न्यूनीकरण गर्न यान्त्रिक परीक्षण सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












