चितवन / भरतपुर–९, शरदपुरमा स्थित पञ्चशील महाबौद्ध गुम्बामा भोलि (शनिबार) देखि एकहप्ते त्रिपिटक (कङ्ग्युर) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम हुँदैछ । गुम्बाले यही फागुन ५ देखि १२ गतेसम्म पाठ वाचनको तयारी गरिरहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा विश्वशान्तिका लागि कङ्ग्युर पाठ वाचन गर्न लागिएको मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङले जानकारी दिए । विश्वमा फैलिइरहेको अहिंसा र त्रासदीपूर्ण वातावरणलाई शान्त तुल्याउनका लागि गुम्बाले कार्यक्रम आयोजना गरेको उनले बताए । समाजमा राजनीतिक, धार्मिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा सकारात्मक एवम् ऊर्जाशील सोचको विकास गराउन पनि पाठ वाचन गर्न लागेको उनको भनाइ छ ।
गुम्बाले हरेक तीन÷तीन वर्षको अन्तरालमा पाठ वाचन गर्दै आएको छ । पाठ वाचनमा सङ्कलित हुने रकमलाई गुम्बाचित्र निर्मित बहुउद्देश्यीय भवनमा सुविधासम्पन्न सभाहल निर्माणमा प्रयोग गरिने उनले बताए ।
उनका अनुसार कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । फागुन ७ गते भने अवतारी टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरूङमार्फत ८४ र ६१ वर्षको पूजा अभिषेक हुने मूल समारोह समितिका संयोजक गुरूङले जानकारी दिए ।
बाँकी दिनहरुमा प्रमुख वाचक एवम् पूजा प्रमुख खेन्पो रिम्पोटे ९डा० दशरथ गुरूङद्वारा नियमित पाठ वाचन हुने आयोजकले जनाएको छ । त्यसबाहेक पनि खेन्पो रिम्पोछे ९डा०हरु रनबहादुर गुरूङ, शीर लामा गुरूङ, सन्तोष गुरूङ, रक्षबहादुर गुरूङलगायतका धर्मगुरूहरुबाट नियमित पाठ वाचन हुने छ ।
मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङका अनुसार पूजापाठ हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म हुने छ । प्रवचन भने दिउँसो २ देखि ३ बजेसम्म नियमित हुने उनले बताए ।
फागुन ५ गते पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रमको समापन भने फागुन १२ गते दिउँसो सम्मानसँगै वाङ, अभिषेक एवम् प्रसाद ग्रहणपछि हुनेछ । २०६३ सालमा स्थापना भएको गुम्बाले कार्यक्रममा सहभागी भइदिन पनि सबैमा अनुरोध गरेको छ ।
- ADVERTISEMENT -

पञ्चशील महाबौद्ध गुम्बामा भोलिदेखि कङ्ग्युर पाठ वाचन सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68











