चितवन / भरतपुर–९, शरदपुरमा स्थित पञ्चशील महाबौद्ध गुम्बामा भोलि (शनिबार) देखि एकहप्ते त्रिपिटक (कङ्ग्युर) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम हुँदैछ । गुम्बाले यही फागुन ५ देखि १२ गतेसम्म पाठ वाचनको तयारी गरिरहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा विश्वशान्तिका लागि कङ्ग्युर पाठ वाचन गर्न लागिएको मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङले जानकारी दिए । विश्वमा फैलिइरहेको अहिंसा र त्रासदीपूर्ण वातावरणलाई शान्त तुल्याउनका लागि गुम्बाले कार्यक्रम आयोजना गरेको उनले बताए । समाजमा राजनीतिक, धार्मिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा सकारात्मक एवम् ऊर्जाशील सोचको विकास गराउन पनि पाठ वाचन गर्न लागेको उनको भनाइ छ ।
गुम्बाले हरेक तीन÷तीन वर्षको अन्तरालमा पाठ वाचन गर्दै आएको छ । पाठ वाचनमा सङ्कलित हुने रकमलाई गुम्बाचित्र निर्मित बहुउद्देश्यीय भवनमा सुविधासम्पन्न सभाहल निर्माणमा प्रयोग गरिने उनले बताए ।
उनका अनुसार कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । फागुन ७ गते भने अवतारी टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरूङमार्फत ८४ र ६१ वर्षको पूजा अभिषेक हुने मूल समारोह समितिका संयोजक गुरूङले जानकारी दिए ।
बाँकी दिनहरुमा प्रमुख वाचक एवम् पूजा प्रमुख खेन्पो रिम्पोटे ९डा० दशरथ गुरूङद्वारा नियमित पाठ वाचन हुने आयोजकले जनाएको छ । त्यसबाहेक पनि खेन्पो रिम्पोछे ९डा०हरु रनबहादुर गुरूङ, शीर लामा गुरूङ, सन्तोष गुरूङ, रक्षबहादुर गुरूङलगायतका धर्मगुरूहरुबाट नियमित पाठ वाचन हुने छ ।
मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङका अनुसार पूजापाठ हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म हुने छ । प्रवचन भने दिउँसो २ देखि ३ बजेसम्म नियमित हुने उनले बताए ।
फागुन ५ गते पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रमको समापन भने फागुन १२ गते दिउँसो सम्मानसँगै वाङ, अभिषेक एवम् प्रसाद ग्रहणपछि हुनेछ । २०६३ सालमा स्थापना भएको गुम्बाले कार्यक्रममा सहभागी भइदिन पनि सबैमा अनुरोध गरेको छ ।
पञ्चशील महाबौद्ध गुम्बामा भोलिदेखि कङ्ग्युर पाठ वाचन सुरु
February 16, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
