April 20, 2025

तीन जहाज खरिदमा १८ करोड कमिसन

February 26, 2024
- ADVERTISEMENT -

काठमाडौं / नेपाल वायु सेवा निगमले करिब तीन अर्ब रूपैयाँ अनुमानित लागतमा तीनवटा जहाज खरिद गर्न अघि बढाएको प्रक्रिया विवादमा परेको छ ।

निगमले जहाज किन्न आह्वान गरेको बोलपत्रमा एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडियन जहाज ट्विनअटर निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले जहाज बेच्ने प्रस्ताव पेस गरेका छन् ।

निगमको मूल्यांकन समितिले प्रस्तावको मूल्यांकन प्रक्रिया नसकाउँदै कमिसनको खेल भएको भन्दै जहाज खरिद प्रक्रियाले संसद्मा प्रवेश पाएको छ । १८ करोड रूपैयाँ कमिसन खाने लोभमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको दाबी सांसद रामहरि खतिवडाको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले आइतबार प्रतिनिधिसभा बैठकमा जहाज बनाउन छाडेका कम्पनीबाट जहाज खरिद गर्न लागिएको बताए । समितिले रिपोर्ट अनक्वालिफाइड भनेका जहाज निर्माता कम्पनीबाट जहाज किन्न मिलेमतो भएको खतिवडाको जिकिर छ । यो समाचार नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -