२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

फोनिजद्वारा गलत इतिहास सच्याउन अल्टिमेटमसहितको स्मरणपत्र

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले चितवनको पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले इतिहास मेटाएर समाजमा गलत व्याख्या गरेको भन्दै फोनिजले विगत लामो समयदेखि आन्दोलन गर्दै आएको छ । पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयलाई लिएर फोनिजले आन्दोलन चर्काएको हो ।

फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गदै आएको छ । तर, नेपाल पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भन्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

यही विषयलाई लिएर फोनिज सम्बद्ध पत्रकारहरुले गलत इतिहासलाई सच्याउन माग गर्दै मङ्गलबार सबै जिल्ला शाखामार्फत नेपाल पत्रकार महासंघलाई खबरदारी गरेको छ । फोनिजले आन्दोलनकै क्रममा मङ्गलबार चितवन जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघको जिल्ला शाखामार्फत केन्द्रीय समितिलाई पुनः ज्ञापन पत्रमार्फत स्मरण गराएको छ ।

फोनिजले नेपाल पत्रकार महासंघ चितवन शाखालाई सातदिने अल्टिमेटमसहित स्मरण–पत्र बुझाएको हो । पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै भएको दाबी गर्दै फोनिजले यसअघि नै ज्ञापन पत्र बुझाइसकेको थियो । त्यसकारण यसपटक सोही ज्ञापन पत्रलाई स्मरण गराएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए ।

‘नेपाल पत्रकार महासंघले आफ्नो दस्तावेजमा संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई लेखाएर गलत सन्देश फैलाउँदै आएको हुँदा इतिहास सच्याउन माग गर्दै हामीले चरणबद्ध आन्दोलन गरेका हौँ’, फोनिज चितवनका अध्यक्ष मगरले भने, ‘इतिहासलाई गलत तरिकाले प्रयोग गर्दै आएको हुँदा त्यसलाई सच्याएर सही तथ्य बाहिर ल्याउन आग्रह गरेका हौँ ।’

फोनिजका संघीय सदस्य चित्रबहादुर गुरूङ ‘सोल्टी’ले नेपाल पत्रकार महासंघलाई इतिहास सच्याउन सातदिने ‘अल्टिमेटम’ जारी गरेको जानकारी दिए । सात दिनभित्र पनि गलत दस्तावेज नसच्याए पत्रकार महासंघको संघीय कार्यालयसहित देशैभरका शाखाहरुमा तालाबन्दी गरिने फोनिजका संघीय सदस्य गुरूङले चेतावनी दिए ।

फोनिज चितवनले बुझाएको ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले फोनिजबाट प्राप्त स्मरण–पत्रलाई तत्काल संघीय समितिलाई पठाउने बताए । ‘यो विषय अति नै गम्भीर विषय हो । तर, यस विषयमाथि केन्द्रीय समिति नै जिम्मेवार भएको हुँदा चितवन जिल्लामा फोनिजले बुझाएको स्मरण–पत्रलाई तत्काल संघीय समितिमा पठाउने छु’, उनले भने ।

फोनिजको दाबीअनुसार विसं २००८ साल वैशाख ९ गते नेपालका पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार संघको नाममा संगठित गर्ने काम सत्यनारायण बहादुर श्रेष्ठले गरेका हुन् । कार्यक्रममा फोनिजका संघीय सदस्य सन्तकुमार चौधरी, पूर्वसंघीय सदस्य राजु चौधरी, सल्लाहकार महेन्द्र श्रेष्ठलगायत विभिन्न जातीय पत्रकार संगठनका प्रतिनिधिको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49