२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

स्व. विकु लामाको स्मृतिमा सालिक अनावरण [with video]

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते

चितवन / भरतपुर–१० स्थित सैनिक नमुना टोलमा एक तामाङ परिवारले अभिभावकको सम्झनामा आफ्नै निवासमा सालिक अनावरण गरेको छ ।

सोही स्थान निवासी कान्छीमाया लामाको परिवारले स्व. विकु लामाको सम्झनामा तीनदिने दोमाङ पाठ पूजा र काङसु योखसु (कुल पूजा) को अवसर पारेर बिहीबार सालिक अनावरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अभिभावकप्रति श्रद्धा र भक्तिभावका साथै उनको सम्मान र स्मृति स्थापित गर्नको लागि सालिक अनावरण गरिएको स्व. लामाकी कान्छी छोरी पिन्की लामाले बताइन् ।

‘बुबाको लागि हामीले केही गर्न सकेनौँ’, पिन्कीले भनिन्, ‘उहाँको त्याग र बलिदान हाम्रो मानसपटलमा सम्झनाका लागि गरिएको हो ।’ स्व. लामाले मृत्युवरण गरेको २३ वर्षपछि सालिक अनावरण गरिएको हो भने यसअघि २०औं स्मृति दिवसमा गर्ने भनिए तापनि समय प्रतिकूलता कारण स्थगित गरिँदै आएको उनको परिवारको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

स्व. विकु लामाको विसं २०५७ साल असोज २६ गते निधन भएको थियो । एकाघर परिवारले अभिभावकको सम्झनामा सालिक अनावरण गरेको जिल्लामै पहिलो हो । संसारमा बुबाआमाभन्दा ठूलो केही नभएको र भावी पिंढीलाई पनि यसले पाठ सिकाउने र सकारात्मक सन्देश दिने पिन्कीको बुझाइ छ ।

फागुन २२ गते सुरू गरिएको दोमाङ पाठ पूजा र काङसु योखसु (कुल पूजा) २४ गते समापन भएको हो । कुल पूजामा लामा गुरुहरुबाट भक्तजनहरुलाई वाङ (आशीर्वाद) प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो । तामाङ समुदायमा दोमाङ पाठ पूजालाई विशेष प्राथमिकता दिने प्रचलन रहँदै आएको छ । यो पूजाले पुण्य कमाइने र अञ्जानमा गरिएका गल्तीहरु पनि माफ हुने समुदायको विश्वास रहिआएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03