२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा घैरुङ एफसी

प्रकाशित मिति : २०८० चैत्र २ गते

चितवन / टाइब्रेकरमा गोलकिपर किशोर कोइराला हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पेङ्गुइन भरतपुर २४ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै घैरुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ को दुई प्रहार रोकेका थिए भने एउटा बारमा लागेको थियो । त्यसअघि निर्धारित समयमा १(१ को बराबरी भएको थियो । भरतपुर २४ ले खेलमा अग्रत्ता लिए पनि जोगाउन सकेन । खेलको १५ औं मिनेटमा मनिष गिरीले सुन्दर फ्री किक गोलमा भरतपुर २४ लाई अग्रता दिलाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

हिलो हाफमा नै घैरुङ खेलमा फर्कियो । ३० औं मिनेटमा सन्जय श्रेष्ठले बराबरी गोल फर्काए । विङ्गर सुरेश कुमालको क्रसमा सन्जयले सुन्दर हेडर गोल गरे । खेलमा थप गोल हुन सकेन र टाइब्रेकरमा धकेलियो । जसमा घैरुङ विजयी भयो । घैरुङका गोलकिपर किशोर म्यान अफ दि म्याच भए । घैरुङले अब फाइनल प्रवेशका लागि चैत ६ गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ । २८ बिगा यसअघि पहिलो क्वाटरफाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा रामपुर एफसी रड्स र आबुखैरहनी गाउँपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85