२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

सिद्धि विनायकको क्षमता विकास तालिम

विभिन्न समितिका ३४ जनाको सहभागिता
प्रकाशित मिति : २०८० चैत्र १३ गते

– बबिलाल तामाङ

चितवन । भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरस्थित सिद्धिविनायक बचत तथा ऋण सहकारी सस्था लि. (साकोस) ले क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

साकोसले नयाँ संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमिति तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने हेतुले सोमबार सो क्षमता विकास तालिम संचालन गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

क्षमता विकास तालिमले संस्थाको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष धितालले बताए । उक्त तालिमले व्यक्तिगत क्षमता सँगसँगै संस्थागत हितका लागि पनि बल पुग्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य थी तेजेन्द्रबहादुर खड्काले प्रशिक्षण दिएका हुन् । तालिममा संस्थाका संचालक, उपसमितिलगायतका ३४ जनाको सहभागिता रहेको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।

तालिममा संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष श्री रामप्रसाद घिमिरे, सह–सचिव श्री संगिता गौतम, लेखा समिति संयोजक विनोद पौडेल, सल्लाहकार भगवति पाण्डे, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो । यसअघि भरतपुर २ को महानगर फलफूल तथा तरकारी बजारमा सिद्धि विनायक साकोससहित अन्य दुई संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।

संस्थाले हरेक वर्ष शेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी तालिमहरु दिँदै आएको छ । तालिम दियालो फूड ल्याण्ड क्षेत्रपुरको सभाहलमा गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61