April 30, 2024

चेपाङको दोश्रो केन्द्रीय भेलामा रेखा तामाङ सम्मानित

April 11, 2024

चितवन । युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य रेखा तामाङ लोप्चन सम्मानित भएकी छिन् । नेपाल चेपाङ संघ समाजवादीको दोश्रो केन्द्रीय भेलामा बिहीबार स्थायी कमिटी सदस्य तामाङलाई सम्मान गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवन इन्चार्ज, पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण खनाल, नेपाल चेपाङ संघ समाजवादी बागमती प्रदेश सदस्य तथा भेलाका अध्यक्ष कृष्णबहादुर चेपाङ र नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङले खादा र सम्मान पत्रले उनलाई सम्मान गरेका हुन् ।

तामाङलाई पार्टीप्रति पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको अध्यक्ष चेपाङले जानकारी दिए । युवा संघ नेपाल, गोरखा जिल्ला कमिटी इन्चार्जसमेत रहेकी तामाङ सामाजिक सेवामा परिचित नाम हो ।

यसअघि कोरोना कालमा गोरखालगायत विभिन्न जिल्लाहरुमा विपन्न तथा असहाय वर्गलाई पटकपटक आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएकी हुन् । उनले देश विदेशबाट आर्थिक सहयोग जुटाएर विभिन्न स्कुलहरुमा शैक्षिक सामग्रीहरु समेत प्रदान गर्दै आएकी छन् ।

अहिले पनि उनी विपन्न तथा असहाय व्यक्तिहरुलाई सहयोग आवश्यक परेमा आफूलाई बोलाउन आग्रह गर्छिन् । तामाङ नेकपा एकीकृत समाजवादी गोरखा जिल्ला कमिटी सचिवालय सदस्य हुन् भने विभिन्न संघसंगठनहरुमा आवद्ध रहेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -