–बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठन नेपाल चेपाङ संघ समाजवादीले दोश्रो केन्द्रीय भेला सम्पन्न गरेको छ । ‘समानता समावेशी र पहिचान सहितको चेपाङ एकता राष्ट्रियता आवश्यकता’ भन्ने मूल नाराका साथ बिहीबार भरतपुरमा चेपाङहरुले दोश्रो राष्ट्रिय भेला सम्पन्न गरेको हो ।
दोश्रो राष्ट्रिय भेलाले आइतेलाल चेपाङ (मकवानपुर) को नेतृत्व (अध्यक्ष) रहने गरी ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिपलाल चेपाङ (चितवन), महिला उपाध्यक्षमा सोना माया चेपाङ (मकवानपुर), महासचिव सुकबहादुर चेपाङ (धादिङ), सचिव रामकुमार चेपाङ (चितवन), कोषाध्यक्ष उर्मिला चेपाङ (मकवानपुर) चयन भएका छन् ।
सोही अवसरमा युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य रेखा तामाङ लोप्चनलाई पार्टीप्रति पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको थियो । तामाङलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवन इन्चार्ज, पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण खनाल, नेपाल चेपाङ संघ समाजवादी (बागमती प्रदेश सदस्य) भेलाका अध्यक्ष कृष्णबहादुर चेपाङ र नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङले खादा र सम्मान पत्रले सम्मान गरेका हुन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खनालले चेपाङ समुदायले प्रयोग गर्ने बाजा ढ्याङ्ग्रो ठोकेर उद्घाटन गरेका थिए । चेपाङ समुदाय पनि जागरुक हुने बेला आएको उनको भनाइ थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष राजाराम स्याङतान, नेकपा एसका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ, युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य रेखा तामाङ लोप्चन, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम नेपाल चेपाङ संघ समाजवादी (बागमती प्रदेश सदस्य) भेलाका अध्यक्ष कृष्णबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत मन्तव्य आइतलाल प्रजाले दिएका थिए ।
नेपाल चेपाङ संघ समाजवादीमा आइतेलाल चेपाङको नेतृत्व
भेलाबाट छानिए ३० सदस्यीय नयाँ कार्यसमिति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45










