चितवन / भरतपुर २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.द्वारा दुई परिवारलाई राहत वितरण गरिएको छ । शेयर सदस्यको मृत्यु पश्चात प्राप्त गर्ने जीवन सुरक्षा कोष अन्तर्गत सदस्य कोष मार्फत उक्त राहत रकम सोमबार प्रदान गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
अध्यक्ष धितालका अनुसार चन्द्रबहादुर पाण्डेलाई रु २५ हजार र मायाकुमारी दर्जीलाई रु १५ हजार राहत स्वरुप प्रदान गरिएको हो । राहत प्राप्त गर्ने पाण्डे स्व सत्यदेवी पाण्डेका श्रीमान हुन भने दर्जी स्व लालबहादुर दर्जीकी श्रीमती हुन् ।
सिद्धि विनायक नाफामूलक नभई सेवामूलक संस्था भएकोले विगतदेखि वर्तमानसम्म आफ्ना शेयर सदस्यहरुको हितमा काम गर्दै आएको व्यवस्थापक विकास पौडेलले बताए । सोही अनुसार संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत प्रदान गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा राहत वितरण उपसमितिका कृष्णप्रसाद सिलवालको संयोजकत्व रहेको थियो भने संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।