May 1, 2024

काठमाडौं महानगर आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

April 17, 2024

काठमाडौं / काठमाडौं महानगरपालिकाले आज (बुधबार) देखि वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर संचालन गर्ने भएको छ ।

महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । उक्त शिविर वैशाख महिना भरी सञ्चालन हुने महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ ।

सो क्रममा वडा नं। ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर संचालन हुनेछ । यस्तै, ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं। २५ र २७ को संयुक्त शिविर हुनेछ ।

११ गते र १२ गते वडा नं। ३ महाराजगञ्जमा, १४ गते वडा नं। २६ लैनचौरमा, १६ गते वडा नं। २० भीमसेनस्थानमा, १७ गते वडा नं। २१ यंगालमा, १८ गते वडा नं। २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी, वैशाख २० गते र २१ गते वडा नं। १५ मा, २४ गते वडा नं। २ लाजिम्पाटमा, २५ गते वडा नं। २४ मखनमा, २६ गते वडा नं। २२ टेवहालमा, २७ गते वडा नं। १८ नरदेवीमा, २८ गते वडा नं। १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं। ३२ पाल्पाकोट ९छाप्रे० कोटेश्वरमा शिविर हुने जनाइएको छ ।

साथै शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -