२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

शिवम् सिमेन्टको कालो धुँवाको मुस्लोले हेटौंडा अस्तव्यस्त

रोकिएन ज्यादती, मानव स्वास्थ्यमा गम्भीर असर
प्रकाशित मिति : २०८१ बैशाख १६ गते
File photo.

मकवानपुर / हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगको ज्यादतीका कारण उद्योग निकट बस्नेहरुमा रुघाखोकी सँगै स्वासप्रश्वासको समस्या बढेको छ ।

हटिया हर्नामाडी, ठूलोदमार, राजदेवी, चुच्चेखोला र चौघडालगायतका क्षेत्र सधैं उद्योगको कालो धुँवाको मुस्लोले ढाकिने गर्छ । बाक्लो धुँवाले बेलाबेला सडकमा गुड्ने सवारी साधनसमेत प्रभावित हुने गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उद्योगले विगत करिब २ वर्षदेखि सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर र भुसको प्रयोग गर्दै आएको छ । जसका कारण स्थानीयबासी र यात्रीलाई सास्ती हुने गरेको छ । शनिबार बिहानै पनि हेटौंडा ६, १६, १७ र १८ नम्बर वडा धुँवाको मुस्लोले ढाकिएको छ ।

उद्योगले हेटौंडा, वीरगंज र अन्य सहरहरुबाट फोहोर व्यवस्थापन क्षेत्रमा फ्याँकिएका प्लास्टिक, चाउचाउ, विस्कुट, चकलेटका खोललगायत अन्य विभिन्न प्रकारका फोहोर खरिद गरी उद्योगको आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्रयोगमा ल्याइरहेको उद्योगकै कर्मचारीहरु बताउँछन् ।

धुवाँले सास्ती
सोही उद्योग नजिकै किराना व्यवसाय सम्हालेर बस्दै आएका एक जना वृद्धले उद्योगको धुँवाले आफूहरू समस्यामा परेको बताए ।

‘उद्योगबाट निस्केको धुवाँले समस्यामा पारे पनि उद्योगविरुद्ध कोही बोल्न सकेका छैनौँ ।’ ती वृद्धले भने, ‘हामीले बोलेको कसैले सुन्दैनन्, वास्ता नै गर्दैनन्, गाउँका अगुवाहरु उद्योगसँग छलफल गर्न जान्छन् । समस्या समाधान गर्ने सहमति भयो भन्ने सुनिन्छ । तर, समस्या उस्तै छ । धुलो र धुँवाका कारण यहाँ बस्न मुस्किल छ, तर पनि बस्न बाध्य छौं ।’

हटियाका जनताले सागसब्जी खेति गर्नै छाडेका छन् । सागसब्जीमा सिमेन्टको धुलो टाँसिन्न्छ, लुगा सुकाउन पाएका छैनौँ । रातभरि उद्योगको ठूलो आवाजले सुत्न सक्दैनौँ, स्थानीय स्याम सार्कीले गुनासो गरे ।

उद्योग अगाडि सडकपट्टि मुख फर्काएर व्यवसाय सञ्चालन गरेका अर्का पसलेले उद्योगको तानासाही प्रवृति सहँदै आएका छन् ।

उद्योगको भट्टीमा कोइला बाल्नुपथ्र्यो र निस्किएको धुँवालाई फिल्टराईज गरेर मेसिनरी उपकरणबाट आकाशमा फाल्नुपथ्र्यो । तर उद्योग प्रशासनले उद्योगबाट निस्केको धुँवालाई व्यवस्थित पार्ने काम नगरेको स्थानीयबासी गुनासो गर्छन् ।

उद्योग वरिपरि रहेका बस्ती, व्यवसायीलाई खान, बस्न धुवाँले प्रताडित बनाएको स्थानीयले गुनासो गरे । बस्तीलाई मात्र होइन । सडकमा हिँड्ने यात्रीलाई पनि उद्योगको धुवाँले सडकलाई ढाकेपछि समस्यामा पार्ने गरेको छ ।

उद्योगको धुवाँ आँखामा लागेर समस्यामा परेका मोटरसाइकल यात्री राहुल थापा मगरले चिलाउँदै गरेको आँखा मिच्दै उद्योगलाई गाली गरे । ‘आफनो स्वार्थ पूर्ति गर्न उद्योगले अरुको स्वास्थ्यसँग खेलवाड गरिरहेको छ,’ उनले भने, ‘उद्योगको धुवा सडकमा आउनुको अर्थ उद्योगले धुवा फाल्ने उपकरण उद्योगमा जडान नगरेको हुनुपर्छ ।’

के गर्दैछ सम्बन्धित निकाय ?
जथाभावी धुलो, धुँवा निकाल्ने उद्योगलाई सम्बन्धित निकायले नियमन र कारबाही गर्न नसक्दा प्रदूषण फैलाउने प्रवृत्ति बढ्दै गएको छ । शिवम् सिमेन्टले वर्षौँदेखि लापरबाही गर्दै आएको भएतापनि सम्बन्धित निकाय, प्रशासन र स्थानीय जनप्रतिनिधिले उद्योगविरुद्ध एक्सन लिन नसकेको स्थानीयको आरोप छ ।

गत बिहीबार बिहान उद्योग परिसरमा स्थानीयहरुले उद्योगको ज्यादतीविरुद्ध नाराबाजी गरेपछि हेटौंडाकी मेयर मिना लामाको नेतृत्वमा बसेको सर्वपक्षीय छलफलले हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।

सो समितिले ७ दिनसम्म उद्योगको स्थलगत अवलोकन गर्ने र समस्या समाधान भए÷नभएको निक्र्यौल गरेपछि आवश्यक कारवाही अघि बढाइने मेयर लामाले बताइन् ।

उद्योगसँगको सर्वपक्षीय छलफल
प्रदुषण घटेको छैनः कोइराला

अनुगमन समितिका संयोजक कोइराला प्रदुषण न्यूनीकरण नभएको बताउँछन् । विहिबार सर्वपक्षीय छलफलपश्चात् आफ्नो नेतृत्वमा बनेको अनुगमन समितिले नियमित रुपमा अनुगमन गरिरहेको भएता पनि उद्योगको लापरबाही जारी नै रहेको र प्रदुषण न्यूनीकरण नभएको उनले बताए ।

‘७ दिनको समय छ । आजसम्म प्रदुषण न्यूनिकरण भएको छैन । हामी ७ दिन हेर्छौँ, उद्योग सञ्चालनमा अवरोध पुर्याउने हाम्रो उद्देश्य होइन । तर, उद्योगले लापरबाही गरिरह्यो भने उद्योग बन्द हुन्छ ।’ उनले भने ।

उनले मानव जीवन रहेमात्रै उद्योग कलकारखाना र रोजगारीको विषय आउने भन्दै स्थानीयको जीवन जोगाइदिन सम्बन्धित सबै निकायलाई अनुरोध गरे ।

प्लाष्टिक ल्याएका हौँ, बालेका छैनौँः प्रबन्ध निर्देशक मारु
उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारुले उद्योगले नवराज खतिवडासँग हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन क्षेत्रमा फ्याँकिएको प्लाष्टिक तथा फोहोर खरिद गर्ने गरेको स्वीकार गरेका छन् । खतिवडाले नेतृत्व गरेको संस्था ग्रीन एण्ड क्लिन सिटीले उपमहानगरको फोहोर व्यवस्थापनको जिम्मा पाएको छ ।

उनले हेटौंडाबाट मात्रै नभई वीरगंग र अन्य सहरहरुबाट फोहोर प्लाष्टिक र भुस खरिद गरेर ल्याएको स्वीकारे । तर, हालसम्म त्यसलाई नबालेको भन्दै झुट बोले ।

‘हामीले देशैभरीबाट प्लाष्टिक खरिद गरेका छौँ । तर, हालसम्म त्यसलाई बालेका छैनौँ । हामी अध्ययनकै चरणमा छौँ । खरिद गरेर ल्याएको प्लाष्टिक बाल्ने वा नबाल्ने तय भइसकेको छैन ।’ उनले भने ।

मानव स्वास्थ्यमा गम्भीर असर
चिकित्सकहरुका अनु्सार प्लाष्टिक जलाउँदा वातावरण प्रदुषण हुने र मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ । हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरुमा त्यसलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउनको लागि ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरु, शिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । त्यसकारण प्लाष्टिक जलाउँदा मानव स्वास्थ्यमा असर पर्ने जानकारहरु बताउँछन् ।

यस्ता विषाक्त तत्वहरुले शरिरका विभिन्न अङ्गहरुमा क्रियाशिल कोषहरुलाई मार्न सक्रिय हुने र खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको शिशु र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मार्ने गर्दछ ।

साथै यसले मोटोपन बढ्ने, पुरुषहरुको स्तन बढ्ने, केटीहरुमा समय पूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरुष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुङ्शकता, बाँझोपन, हार्मोन गडबडी र गर्भ मै बच्चा मर्ने जस्ता समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

त्यस्तै प्लाष्टिक जन्य पदार्थबाट हुने धुँवाले अन्य वस्तुबाट हुने हानीको तुलनामा गुणात्मक असर पारी पाचन क्रियामा समस्या, पेटको समस्या, लिभरको समस्या, फोक्सो र घाँटीको क्यान्सर लगायतका समस्याहरु हुने जानकारहरु बताउँछन् । (-तुखबरबाट ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81