May 18, 2024

१० किलो लागूऔषधसहित दुई महिला पक्राउ

May 5, 2024
File photo

पर्सा / लागूऔषध गाँजा करिब १० किलोसहित दुई जना महिला पक्राउ परेको छ । प्रहरीले पर्साको वीरगंज महानगरपालिका–२१ हनुमान चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्रकुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङ्बो रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नारायणगढ चितवनबाट वीरगंजतर्फ आँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -