June 20, 2024

क्रिकेटर सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै

May 15, 2024
file photo.

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।

उनीहरुले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -