February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया पक्राउ

May 22, 2024

काठमाडौं / कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहिया थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै मंगलबार पक्राउ परेका हुन् ।

सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । अदालतले अनुमति दिएपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दर्ता गराएका थिए ।

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

पक्राउ परेका उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी गरिएको छ ।

- ADVERTISEMENT -