चितवन / भरतपुर २, क्षेत्रपुरमा स्थित फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनको अध्यक्षमा जयराम पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको २३औं साधारण सभा तथा नवौ अधिवेशनबाट पाण्डे बुधबार निर्विरोध भएका हुन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा रामराज पाण्डे, उपाध्यक्षमा दिक्पाल लामा, महासचिवमा काशीराम सापकोटा, सचिवमा शम्भु अधिकारी, कोषाध्यक्षमा रामप्रसाद घिमिरे चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा शंकरप्रसाद भेटुवाल, मनोज रौनियार, हरिप्रसाद रिजाल, सुनिता ठकुरी, कृष्णप्रसाद सिलवाल निर्वाचित भएका हुन् ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघमा २ सय बढी सदस्यहरु रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले संघ र व्यवसायी हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । विसं २०५२ सालमा संघ स्थापना भएको हो ।