March 17, 2025
- ADVERTISEMENT -

नमूना टोल विकास आमा समूहमा जानुकाको नेतृत्व

June 16, 2024

चितवन / भरतपुर १० स्थित नमूना टोल विकास संस्थामा आमा समूह गठन भएको छ ।
आज (शनिवार) सम्पन्न भेलाले जानुका थापाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती सदस्य गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा कमला ठकुरी, सचिवमा अन्जु सापकोटा, कोषाध्यक्षमा शिला भण्डारी र सह सचिवमा शुशिला थापा चयन गरेका छन् ।

यस्तैगरी सदस्यहरुमा रेवती पौडेल, दुर्गा पौडेल, मेनुका पन्त, टुक कुमारी ढकाल, अर्चना भण्डारी, इन्द्र कुमारी गुरुङ्ग, कल्पना रेग्मी, शान्ता कंडेल, सुनिता लामिछाने, पबित्रा गैरे, विष्णु लामिछाने, शुशिला अधिकारी, प्रतिमा ढकाल, सपना ओझा, सिता अधिकारी छानिएका छन् भने एक जनालाई कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।

भरतपुर महानगरपालिका वडा नं। १० की वडा सदस्य सुर्य बन्दना हमालको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष हृदयनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -