गुल्मी / पहिरोले घर पुरिंदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पहिरोले पुरेको हो । बिहान ७ बजे मात्रै घर पहिरोले पुरिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।










































