दाङ / बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–१४ की २० वर्षीय सम्भना चौधरी आज (बुधबार) बिहान बेपत्ता भएकी हुन् ।
- ADVERTISEMENT -

तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा बिहान पौने ८ बजे नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।











































