January 24, 2025
- ADVERTISEMENT -

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

असारमा मात्रै तीन जनाको मृत्यु
July 4, 2024
File photo.

मकवानपुर / जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ उर्लाघारीमा हिजो (बुधबार) राति जंगली च्याउ खाँदा उनीहरु विरामी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी हुनेहरुमा स्थानीय ६५ वर्षीया मगंली माया स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुहारी ३० वर्षीया पासाङ माया स्याङ्तान, नाति ७ वर्षीय लासाङ स्याङ्तान, नातिनी १९ वर्षीया लक्ष्मी माया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान रहेका छन् ।

च्याउ खाएर बिरामी भएका उनीहरुलाई राति नै उद्दार गरी हेटौंडा अस्पताल ल्याइएको छ । तीमध्ये बुद्धि बहादुर, पासाङ माया, लासाङ, पार्वती र आरतीलाई थप उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको छ ।

बिरामी मंगली र लक्ष्मी मायाको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या बढ्दो छ भने जंगली च्याउ खाएर असार महिनामा मात्रै तीन जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -