२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

पत्रकार महासंघको स्थापना दिवसमा चितवनमा ५२ गरे रक्तदान

प्रकाशित मिति : २०८२ चैत्र १६ गते

भरतपुर / नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा भएको कार्यक्रममा सात महिलासहित ५२ जनाले रक्तदान गरे । तीमध्ये ११ जनाले पहिलो पटक रक्तदान गरेका हुन् ।

चितवनमा क्रियाशिल पत्रकार, नेपाल प्रहरीका सुरक्षाकर्मी लगायतले रक्तदान गरेको नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले बताए । रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको छ । रक्तदान कार्यक्रमलाई ब्लड डोनर्स सोसाइटी नेपालले सहयोग गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष पराजुलीले लोकतन्त्रलाई अझ बलियो बनाउन पत्रकारहरु पनि लडिरहेको बताउँदै रक्तदानमा सहभागी भई मानवीय कार्यलाई प्रोत्साहन गर्न खोजिएको बताए । पत्रकारिता गर्दै गर्दा दिवगंत भएका पत्रकारहरुप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शासन प्रणालीलाई जवाफदेही बनाउनका निम्ति कलम चलाउन पत्रकारलाई शुभकामना दिए भने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले रक्तदान गर्न सक्ने रक्तदाताको समूह, रक्तदानको महत्व लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी लगायत सहभागी थिए । महासंघ चितवन शाखाका सचिव राजेश घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85