२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

प्रतिनिधि सभाको बैठक बस्दै आज

प्रकाशित मिति : २०८१ असार २४ गते
File Photo
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । संघीय संसद् अन्तर्गत बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आव २०७९–०८०’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार, बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

- ADVERTISEMENT -