२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ

नगरवासीको चासो कृषि र शिक्षामा केन्द्रित
प्रकाशित मिति : २०८१ असार २६ गते

चितवन / रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले कृषि र शिक्षाको विकासमा चासो व्यक्त गरेका छन् । मंगलबार सम्पन्न कार्यक्रममा एक वर्षभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव संकलनको लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइमा उनीहरुले नगरपालिकाप्रति गुनासो भन्दा कृषि र शिक्षालाई सुधार गर्न सुझाब दिए ।

कृषि र पशुपालनमा प्रदान गरिने अनुदान, प्रविधिको प्रयोग र शिक्षाको गुणस्तर सुधारमा नगरपालिकालाई सुझाब प्रदान गरेका हुन् । कार्यक्रममा नगरवासीले गुनासोभन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण, तटबन्ध, खानेपानी, पर्यटन प्रवद्र्धन र शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा सुझाव दिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

नगरवासीहरुले सोलार बत्तीको उचित व्यवस्थापन, सार्वजनिक जग्गामा चिल्ड्रेन पार्क, कृषि तथा पशुपालनमा अनुदान वितरण, सडक बत्तीको व्यवस्थापन, विद्यालयमा दिवा खाजाको अनुगमन, सौराहाको बसपार्कको व्यवस्थापनलगायत सुशासन प्रवद्र्धनलगायतका विषयमा गुनासोसँगै समाधानका उपायबारेमा रायसुझाव दिएका दिए ।

कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारले सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् । कार्यक्रममा रत्ननगर—१२, जिरौनाका पूर्वशिक्षक मोहनप्रसाद भट्टराईले शिक्षक सरुवा गर्ने प्रवृत्ति व्यावहारिक नभएको र सामुदायिक विद्यालयतर्फ एसइई परीक्षाको नतिजा कमजोर रहेको भन्दै नगरपालिकाले शैक्षिक सुधार गर्ने नीति अविलम्ब अवलम्बन गर्न सुझाव दिए । रत्न्नगर—१२ कै माया विकले सुकुमबासी महिलाको आकृति महिला समूहलाई भवन निर्माणका लागि बजेट छुट्याउन माग गर्दै समुदायमा ग्राभेल बाटो मात्रै रहेकाले कालोपत्रे गर्न आग्रह गरिन् ।

यस्तै सोही वडाका उदय भण्डारीले युवाहरु हातमा पासपोर्ट बोकेर विदेश जाने लाइनमा रहेकाले युवा उद्यमीमैत्री कार्यक्रम लागू गर्न सुझाव दिँदै सुकुमबासीका लागि भोट बैंकमात्र नबनाई लालपुर्जा वितरण गर्नुपर्ने बताए रत्न्नगर—११ का निशा मगरले आफ्नो वडामा साँझबिहान हिँड्डुल गर्दा बाघको जो्खिम बढेकाले जंगलको सिमाना छुट्याएर तटबन्ध गर्न सुझाव दिइन् । रत्ननगर—३ का शम्भुभक्त थपलियाले रत्ननगर खानेपानीको स्रोतको संरक्षण गर्न स्थानीय सरकारले विशेष चासो राख्नुपर्ने बताए ।

यस्तै, गीता सिंखडाले महिला उद्यमीशील तालिमको निरन्तरताको माग गरिन् । शिक्षक ददिराम पौडेलले सामुदायिक विद्यालयमा ५० प्रतिशत छूटमा खानेपानी तथा विद्युत् महसुल व्यवस्था माग गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानलाई गाईभैंसी बोक्ने गाडीको व्यवस्था गर्दै घाँसमा दिएको अनुदानलाई निरन्तरता दिन माग गरेका थिए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले पर्यटकीय क्षेत्र सौराहामा बपार्कको व्यवस्थापन गर्न र ऐलानी जग्गामा टावरसहितको चिल्ड्रेन पार्क निर्माण गर्न सुझाब दिए । कार्यक्रममा पार्वती न्यौपाने, शोभा ओली शर्मा, राजन घिमिरे, दीपक थापा, गन्जसिंह लामालगायतले नगरभित्र भइरहेका विकास निर्माणको सरहना गर्दै सुधार गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।

नागरिकको गुनासो र सुझाव सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई उच्च महत्त्व दिएर रत्ननगरलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए ।

‘कृषि र पशुपालनको लागि पर्याप्त अनुदान दिएका छौँ, शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षाअनुसार काम गरेका छौँ’, उनले भने, ‘काम गरेन भनेर चिया पसलमा गफ नगरौँ, एकपटक सबैले आआफ्नो वडा निरीक्षण गरौँ । आफ्नो बजेटको सीमाले धानेसम्म काम गरेका छौँ । हामी काम गर्न आएका हौँ, नागरिकको अपेक्षाअनुसार काम गरिरहेका छौँ ।’

उनले सौराहाको पर्यटन प्रवद्र्धन गर्न र दीर्घकालीन आय वृद्धि गर्न ५९ करोड रुपैयाँकोे लागतमा रत्ननगर हरियाली पार्क निर्माण भइरहेको जानकारी दिए । उनले नगर गौरवको आयोजनाअन्तर्गत लौरीघोल र पञ्चनदी तालको संरक्षणका लागि विशेष प्राथमिकतामा राखिएको बताए ।

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसँग सम्झौता नगर्ने बताए । विकास निर्माणको नमुना हेर्न जयमंगला बजार अवलोकन गर्न उनले आग्रह गरे। करको दायरा बढाइएको तर दर भने पुरानै कायम रहेको भन्दै उनले करमा अनियमितताको सवालमा तलमाथि गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । शैक्षिक गुणस्तर खस्किएको सवालमा उनले शिक्षकहरुलाई इमानदारितापूर्वक पढाउन निर्देशन दिँदै विद्यालयमा राजनीति सह्य नहुने र राजनीति नै गर्ने भए आफूले जस्तै शिक्षण पेसा छोडेर आउन चेतावनी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालू आर्थिक वर्षमा भएका कामकाबाही तथा उपलब्धिबारे प्रकाश पार्दै नागरिकको सुझाव र अपेक्षाअनुसार काम भइरहेको बताए । उनले गत चालू आर्थिक वर्षको पुँजीगत खर्च ८० प्रतिशत र चालू खर्च ७६ प्रतिशत गरी समग्रमा ७८ प्रतिशत बजेट खर्च भएको विवरण पेस गर्े।

गत आर्थिक वर्षमा चालू खर्च ६३ प्रतिशत र पुँजीगततर्फ ७४ प्रतिशत बजेट खर्च भएको थियो । नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले रत्ननगरको शैक्षिक गुणस्तर खस्किएकोमा आफू चिन्तित रहेको तर समग्रमा ६८ प्रतिशत नतिजा आएकोे बताउँदै आगामी दिनमा सुधारका लागि पहल गर्ने बताए ।

संस्थागत विद्यालयमा पुनः भर्ना शुल्क नलिएको प्रष्ट पार्दै सामुदायिक विद्यालयका हकमा अभिभावककै आग्रहमा अतिरिक्त कक्षा सञ्चालन भएको र अभिभावकले सहयोग स्वरुप विद्यालयलाई सहयोग गरेको उनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49