चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई वटा यात्रुवाहक बस पहिरोले बगाएको छ । पहिरोले बगाएका दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर खटिएको छ ।
सडकमा माथिबाट खसेको लेदोसहितको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । सत्रकिलो र कालिकाखोलामा पनि पहिरो खसेकाले बीचमा अड्किएका बसलाई सिमलतालमा एकतर्फी बाटो खुलाएर पास गराइएको हो ।
- ADVERTISEMENT -

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबहाक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको आशंका छ ।
दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । बसलाई पहिरोले बगाउँदै गर्दा तीन जना यात्रु हामफालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ ।
- ADVERTISEMENT -










































