कठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिने भएका छन् ।
पछिल्लोपटक प्रम प्रचण्डलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फिर्ता लिएपछि आज (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।
- ADVERTISEMENT -

प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसकेका छन् ।
नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।
दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।









































