March 15, 2025
- ADVERTISEMENT -

सिमलताल बस दुर्घटना : १४ यात्रुको शव फेला

८ को पहिचान र ६ को सनाखत बाँकी
July 16, 2024

चितवन / मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार एक विज्ञप्ति जारी उक्त दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको हो ।

प्रेस विज्ञप्ति अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहेको पाइएको हो । यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ। जसमध्ये तीन जना बाँच्न सफल भएका छन्।

हालसम्म दुवै बसका गरी १४ जना यात्रुको शव फेला परेको जनाइएको छ। ती मध्ये ८ जनाको पहिचान खुलेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । शुक्रबार सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छन् । बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

- ADVERTISEMENT -