February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिमलताल दुर्घटना अपडेट : थप ३ शव फेला, २१ पुग्यो

July 19, 2024

चितवन / सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेको बसका हालसम्म २१ शव फेला परेका छन् । बिहीवार साँझ एक महिलाको शव फेला फेला परेसँगै सो संख्या पुगेको हो । विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल र भारतको सिमानामा रहेको गण्डक व्यारेज पुलको १० नम्बर ढोकामा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको हो ।

सोही दिन नै भरतपुर महानगरपालिका–२६ सिसुवारमा दुई पुरुषको शव फेला परेको थियो । यससँगै हालसम्म फेला परेका शवको संख्या २१ पुगेको हो । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ भने सात वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बस गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।

- ADVERTISEMENT -