२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

प्रकाशित मिति : २०८१ श्रावण ८ गते
- ADVERTISEMENT -

बुटवल / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।

नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

आचार्यले नेपाली कांग्रेसको समर्थनमा सोमबार नै ५६ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

- ADVERTISEMENT -