मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, लटिनाथ चिसापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय ६२ वर्षीय केशब भण्डारी र उनको श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार, आफ्नै घरको कोठाभित्र श्रीमान् पंखा झुण्ड्याउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा र श्रीमती धारिलो हतियारको प्रहारबाट मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।
मृतक महिलाको घाटीमा गहिरो चोट देखिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











































