March 15, 2025
- ADVERTISEMENT -

वर्षाले घर भत्कायो, एकै परिवारका ८ घाइते

July 26, 2024
file photo.

सुर्खेत / जाजरकोटमा बिहीबार राति वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते भएका छन् ।

जिल्लाको छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा उनीहरु घाइते भएका हुन् ।

घर भत्किँदा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

घाइतेमध्ये संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै रहेका छन् भने अन्यलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोट प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -