२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा ‘प्रतिभा मञ्च २०८१’ हुने

दूरदराजका प्रतिभाको खोजीमा कला मन्दिर
प्रकाशित मिति : २०८१ श्रावण १२ गते
Photo : Babilal Tamang / newsprabah.

– बिना तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २ मा अवस्थित नारायणी कला मन्दिरले ‘प्रतिभा मञ्च २०८१’ नृत्य प्रतियोगिता सुरु गर्ने भएको छ । दूर दराजमा रहेका प्रतिभा खोजीका लागि ‘प्रतिभा मञ्च २०८१’ सञ्चालन गर्न लागेको कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठले शुक्रबार प्रेस सम्मेलन मार्फत जानकारी दिए ।

पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको निर्णायकहरुमा कलाकार मौसमी मल्ल, नृत्य निर्देशकद्वय पुष्प श्रेष्ठ र सुमित लामा रहने बताए । प्रथम हुने प्रतियोगीले रु. ५० हजार, दोस्रोले रु. २५ हजार, तेस्रोले रु. १५ हजार पाउने छन् भने थप दुई जनालाई जनही पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगितामा चितवनलगायत छिमेकी जिल्लाहरु नवलपुर, मकवानपुरको सहभागी रहने बताइएको छ भने आधुनिक गीत, लोक गीत, सेमी क्लासिकिकबाट छनोट गरिने छ । प्रतियोगिता इन्ट्रि फि सिंगल ३ सय र डबल ५ सय रहने कला मन्दिरले जनाएको छ भने लागत खर्च साढे ७ लाखको अनुमान गरिएको छ ।

यही साउन १४ गते सोमबारदेखि खैरहनीबाट अडिसन सुरू गरिने प्रतियोगिताका संयोजक रामशरण सिलवालले जानकारी दिए । यस्तै, साउन १९ गते शारदानगर, २१ गते कावासोती, २६ गते भरतपुर र २८ गते मुग्लिङमा अडिसन हुने उनले भने ।

अडिसनबाट ३० जना छनौट गरेपछि भदौ २६ गते नारायणी कला मन्दिरको मञ्चमा उत्कृष्ट १५ को छनौट गरिनेछ भने असोज १२ गते उत्कृष्ट १० र कात्तिक ३ गते उत्कृष्ट ५ छनौट हुने बताइएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिक २४ गते शनिबार कला मन्दिरमा हुनेछ ।

सोही अवसरमा कला मन्दिरका अध्यक्ष श्रेष्ठले गायिका मेनुका पौडेललाई स्वागत तथा सम्मान गरेका थिए । गायिका पौडेलले भजन गायन मार्फत सबैलाई मनोरन्जन दिलाइन् ।

कार्यक्रममा उपाध्यक्ष अनुकूल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सचिव सनदकुमार पियाले संचालन गरेका हुन् । पूर्वअध्यक्षद्वय प्रसाद श्रेष्ठ र विनय श्रेष्ठले ६ दशक लामो इतिहास बोकेको कला मन्दिरको बारेमा प्रकाश पारेका थिए ।

२०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरमा ३६८ जना सदस्यहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96