२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

चितवनको अङ्कुरम–नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम आजबाट सुरु हुँदै

प्रकाशित मिति : २०८१ श्रावण २५ गते

चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आज (शुक्रबार) देखि सुरू हुँदैछ । भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अङ्कुरम् एकेडेमीले पहिलोपटक आयोजना गर्न लागेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत गरी प्रतिनिधिहरुसहित २८० विद्यार्थीहरुको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छ वटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्नेछन् । देशभरका विभिन्न विद्यालयबाट सहभागी प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी), संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी), संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् (युएनएचसीआर), संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रतिनिधित्व गर्ने कार्यक्रम तय भएको एएमयुनका महासचिव सहप्राचार्य ओमराज मैनालीले जानकारी दिए ।

उक्त पाँचवटा अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधि आवासीय र गैरआवासीय गरी दुई किसिमका रहेको कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए । उक्त अभ्यास कार्यक्रमबाट विद्यार्थीमा अनुसन्धान गर्ने बानीको विकास, वादविवाद गर्ने क्षमताको विकास, कुटनीतिक सीपको विकास, समालोचनात्मक चिन्तनको विकास, सामाजिकीकरण र विश्वव्यापी समस्याहरुको जानकारी लिने क्षमताको विकास हुने कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने कार्यक्रमका चेयर कक्षा १० का विद्यार्थी अविप्श्या कार्कीले जानकारी दिइन् ।

अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहनेछ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्नेछन् । जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लाष्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)का प्रतिनिधिले इजरायल–प्लालेष्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का प्रतिनिधिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माण गर्ने र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रतिनिधिहरुले विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति तय गर्ने विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरुले वर्तमानका विश्वव्यापी समस्याहरुको अध्ययन गरी ती समस्याहरुको समाधानसमेत सुझाउने छन् । कार्यक्रम आज शुक्रबार सुरू भई आइतबार समापन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57