March 15, 2025
- ADVERTISEMENT -

चितवनमा राष्ट्रिय भलिवल खेलाडीद्धय आरती र संगम सम्मानित

August 18, 2024

चितवन / सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले राष्ट्रिय भलिवल खेलाडीद्धय आरती सुवेदी र संगम महतोलाई सम्मान गरेको छ ।

सेन्ट्रल टावरमा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच कलेजले चितवनका दुई राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । हालै काभा भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीकी सदस्य आरती र संगमलाई हौसला प्रदानका लागि कलेजले सम्मान गरेको हो ।

कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) दुबै खेलाडीलाई खादा र नगदले सम्मान गरे । सो अवसरमा उनले देशको शिर उच्च बनाउने खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । खेल र खेलाडीको बिकास तथा प्रवर्द्धनका लागि सेन्ट्रल कलेजले सधैं सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।

उनले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए । उनले चितवनको भलिवल बिकासका लागि पनि कलेजले लगानी गर्दै आएको बताए । राष्ट्रिय भविबल खेलाडी आरती सुवेदीले यस्ता सहयोगले खेलाडीलाई हौसला मिल्ने बताईन् । आगामी दिनमा देशका लागि थप मेहेनत गरेर खेल्ने उनको भनाइ थियो ।

भरतपुर २५ की आरती र २७ की संगम नेपाली राष्ट्रिय भलिवल टिमकी सदस्य हुन् । हालै काठमाडौंमा सम्पन्न काभा महिला भलिवलमा नेपाल उपविजेता भएको थियो । नेपाल प्रतिस्पर्धात्मक खेलमा फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

त्यसअघि नेपालले समूह चरणमा भारतलाई पराजित गरेर इतिहास रचेको थियो । नेपालको उक्त सफलतामा आरती र संगम नेपाली टोलीको महŒवपूर्ण सदस्य थिए ।

- ADVERTISEMENT -