२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा राष्ट्रिय भलिवल खेलाडीद्धय आरती र संगम सम्मानित

प्रकाशित मिति : २०८१ भाद्र २ गते

चितवन / सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले राष्ट्रिय भलिवल खेलाडीद्धय आरती सुवेदी र संगम महतोलाई सम्मान गरेको छ ।

सेन्ट्रल टावरमा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच कलेजले चितवनका दुई राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । हालै काभा भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीकी सदस्य आरती र संगमलाई हौसला प्रदानका लागि कलेजले सम्मान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) दुबै खेलाडीलाई खादा र नगदले सम्मान गरे । सो अवसरमा उनले देशको शिर उच्च बनाउने खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । खेल र खेलाडीको बिकास तथा प्रवर्द्धनका लागि सेन्ट्रल कलेजले सधैं सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।

उनले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए । उनले चितवनको भलिवल बिकासका लागि पनि कलेजले लगानी गर्दै आएको बताए । राष्ट्रिय भविबल खेलाडी आरती सुवेदीले यस्ता सहयोगले खेलाडीलाई हौसला मिल्ने बताईन् । आगामी दिनमा देशका लागि थप मेहेनत गरेर खेल्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर २५ की आरती र २७ की संगम नेपाली राष्ट्रिय भलिवल टिमकी सदस्य हुन् । हालै काठमाडौंमा सम्पन्न काभा महिला भलिवलमा नेपाल उपविजेता भएको थियो । नेपाल प्रतिस्पर्धात्मक खेलमा फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

त्यसअघि नेपालले समूह चरणमा भारतलाई पराजित गरेर इतिहास रचेको थियो । नेपालको उक्त सफलतामा आरती र संगम नेपाली टोलीको महŒवपूर्ण सदस्य थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68