चितवन / मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नंं पुलमा नारायणगढतर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने भएको छैन । प्रहरीले सार्वजनिक गरेको तस्बीर अनुसार ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी बर्नट छेउमा लागेको देखिएको छ ।