२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

बालिका बलात्कार अभियोगमा एक पक्राउ

प्रकाशित मिति : २०८१ भाद्र १९ गते
- ADVERTISEMENT -

संखुवासभा / १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट मंगलबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

- ADVERTISEMENT -