October 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा ड्रिम्स कलेजको शुभारम्भ

एक करोड बराबरको छात्रवृत्ति घोषणा
September 8, 2024

चितवन / भरतपुर–१० हाकिमचोकस्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधासहितको ड्रीम्स कलेज संचालनमा आएको छ । सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यस वर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रिन्सिपल ई. दिवस मैनालीले जानकारी दिए ।

व्यवहारिक, सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको प्रिन्सिपल मैनालीले बताए । कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ भने सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

कलेजको प्रवेश परीक्षा यही भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गतेसम्म आवेदन दिई सक्नुपर्ने उनले बताए । कक्षा १२ मा विज्ञान विषय लिएर कम्तीमा ‘सि’ ग्रेड वा ५० प्रतिशत अंकसहित उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने छन् । चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो वर्ष १ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने कलेजले बताएको छ । सो कलेज स्थापनासँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास कलेजको रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालिले बताए । यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्रिन्सिपल मैनाली बताए ।

बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, आर्टिफिसियल ईन्टिलिजेन्स , साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ ।

कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ । बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई विभिन्न आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, सिष्टम एनालिष्ट, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ । बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन् ।

विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ । बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ ।

सूचना प्रविधिको क्षेत्रमा उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि बीएससीसीएसआईटी (द्य.क्अ.ऋक्क्ष्त्) कार्यक्रम महत्वपूर्ण विकल्प बन्दै गएको छ । ड्रीम्स कलेजले पाठ्यक्रमलाई अद्यावधिक गर्दै औद्योगिक आवश्यकताहरू अनुरूप तयार पारेको छ जसले विद्यार्थीहरूलाई उद्योगमा प्रत्यक्ष काम गर्न सक्षम बनाउँने प्रिन्सिपल मैनाली बताउनुहुन्छ ।

यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (क्ष्यत्), र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन् । कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने प्रीन्सिपल मैनाली बताउनुहुन्छ । जसले उनीहरूलाई वास्तविक संसारका समस्या समाधान गर्न सक्षम बनाउँछ ।

साथै, वैकल्पिक विषयहरूमा विद्यार्थीहरूको रुचि अनुसार विभिन्न ट्रेन्डिङ कोर्सहरू प्रदान गर्दै विद्यार्थीहरुको सीपलाई अझ फराकिलो बनाउन कलेज सदैव तयार रहेको उनले बताए । सो कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनीहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने, इन्टर्नशिपकाअवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उनले बताए ।

अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ । कलेजमा सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष शिक्षकहरू छन् जसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दछन् ।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंकहरू, र अन्य संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ । बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन् । बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ ।

निःशुल्क औद्योगिक कोर्सहरू, इन्टर्नशिप र प्लेसमेन्ट सहयोग, उच्चस्तरीय ल्याब, गेष्ट लेक्चर, र अनुभवी शिक्षकहरूको सहयोगमा, यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । अद्यावधिक र औद्योगिक केन्द्रित पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत पुर्याउने उनले बताए ।

- ADVERTISEMENT -