काठमाडौँ / भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ ।
दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ । उद्धार जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको कार्यालयले जानकारी दिएको छ ।
- ADVERTISEMENT -