धनुषा / जनकपुर उपमहानगरपालिका वडा नं २४ का वडाध्यक्ष उपेन्द्र सहनी र सचिव उपेन्द्र साह घुस रकमसहित पक्राउ परेका छन् ।
उनीहरु चार लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।
- ADVERTISEMENT -
घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरु पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका अनुसार, उनीहरुसँगै उक्त घटनामा संलग्न अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजय मण्डल रहेका छन् ।
- ADVERTISEMENT -
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको आयोगले जनाएको छ ।