२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

गुरुङ भाषाको ‘तमू क्युई’ नामक पुस्तक विमोचन

प्रकाशित मिति : २०८१ भाद्र ३० गते

चितवन / तमू ह्युल छोंज धीं चितवनले भाषा कक्षा सञ्चालनका लागि तयार पारेको तमू भाषासम्बन्धी सामान्य ज्ञानसहितको पुस्तक ‘तमू क्युई’को शनिबार लोकार्पण गरेको छ ।

पत्रकार तुलमान गुरूङद्वारा सङ्कलित उक्त पुस्तकको शनिबार दुई हप्ते तमू भाषा कक्षाको उद्घाटन समारोहमा तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य गोपीराम गुरूङ, केन्द्रीय सल्लाहकार शारदा गुरूङ, चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकास गुरूङ, भरतपुर तमू नगर गुठीका अध्यक्ष पूर्णबहादुर गुरूङ, मृगौला रोग विशेषज्ञ डा सन्तोष गुरूङलगायतले उक्त पुस्तकको सामूहिक लोकर्पण गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पाठ्यक्रमको रूपमा पुस्तक प्रकाशन गरिएको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले जानकारी दिए । लामो समयको प्रयासपछि पुस्तक प्रकाशन सम्भव भएको उनले बताए । ‘पुस्तक भएपछि हामीलाई जिल्लाभरका तमू समुदायमा पुग्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘आगामी दिनमा पनि भाषा कक्षालाई निरन्तरता दिलाउनको लागि बाटो बलियो हुन्छ ।’

पुस्तकका लेखक एवम् सङ्कलक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए । हाल प्रकाशित पुस्तक ‘तमू क्युई’मा गोरखामा बोलिने भाषा प्रभावित भएको बताए । आधारभूत सिकाइका लागि प्रकाशन गरिएको हुँदा पुस्तकमा सामान्य बोलीचालीमा प्रयोग हुने शब्दलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त पुस्तक तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङको संयोजन तथा सचिव किशोर गुरुङको सहसंयोजनमा तमू ह्युल छोंज धीं चितवनले प्रकाशन गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11